काग तिहारको दिन कसैलाई थाहा नहुने गरी चुपचाप खरिद गर्नुहोस् यी ५ ची’ज कहिले हुनेछैन धनको कमि !

वेलकम खबर
कार्तिक ५, २०७६

पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्र’योदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षे’त्रमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ ।

धनतेरसको दिन सामानहरु किन्ने र दीपदान गर्ने दिन अर्थात् धनतेरस पर्व साथै काग तिहार पनि हो । यस दिन विभिन्न वस्तु घरमा भित्र्याउनाले वर्षभर धनको कमि नहुने धार्मिक मान्यता रहेको छ। जानेर बुझेर खरिद गरे देखि लक्ष्मीले कहिले साथ नछोड्ने विश्वास पनि रहेको छ । ज्योतिष शास्त्रीहरुका अनुसार धनतेरसमा निम्न उल्लेखित वस्तुहरु कसैलाई थाहा नदिइ घरमा भित्राउदा आर्थिक लाभ हुने गर्छ।

धनियाका दाना– धनियामा लक्ष्मी माताको कृपा रहने मान्यता रहेको छ। यसै कारण धनतेरसको दिन घरको बगैंचा गमला आदि स्थानमा कसैलाई थाहा नहुने गरी धनियाको दाना छर्दा लक्ष्मी प्रसन्न हुने गर्छिन्।

गरगहना-आभूषण – यस दिन आभूषण तथा गहना खरिद गर्नको लागि धेरै शुभ मानिन्छ। अझ कसैलाई पनि थाहा नदिई किनेको गरगहना-आभूषण झनै शुभ हुने मान्यता रहेको छ। यसरी खरिद गरेको गरगहना – आभूषणलाई लक्ष्मीलाई अर्पित गर्दै धन बढेर जाने मान्यता रहेको छ।

शंख– शंखलाई हिन्दु धर्ममा छुटै स्थानमा राखिने गरिन्छ। शंखलाई घरमा राख्नाले लक्ष्मी प्रसन्न हुने र शंक बजाउँदा धर शुद्ध हुने मान्यता रहेको छ। धनतेरसको दिन कसैलाई पनि थाहा नहुने गरी घरमा नयाँ शंख ल्याएर लक्ष्मीलाई अर्पित गर्नाले लक्ष्मी प्रसन्न हुने गर्छिन् र धनको कहिलै पनि कमि हुँदैन।

झाड़ू– घर शान्त, सफा साथै उज्यालो भएको अवस्थामा मात्रै लक्ष्मीको वास हुने मान्यता रहेको छ। यस कारण धनतेरसको दिन नयाँ झाडुले घर सफा गरेको शुभ हुन्छ। झाड़ू खरिद गरी कसैले नदेख्ने गरि नयाँ झाड़ूले घर सफा गरेमा लक्ष्मीको अनुग्रह मिल्न सक्छ।

नुन – धनतेरसको दिन नुन खरिद गर्ने कार्यलाई पनि धेरै शुभ मानिन्छ। यस दिन खरिद गरिएको नुन प्रयोग गर्नाले स्वास्थ्य राम्रो हुने मान्यता रहेको छ भने नुन खरिद गर्दा कसैलाई नदेखाएको अझ प्रभावकारी हुने गर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*