पूर्व मन्त्री अम्बिका साँवालाई यसरी सम्झिए नेताहरुले (फोटो फिचर तथा भिडियो सहित )

वेलकम खबर
कार्तिक ३, २०७६

 

काठमाण्डौ । पूर्व मन्त्री अम्बिका साँवाको स्मृति ग्रन्थ लोर्कापण गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले शनिवार काठमाण्डौमा सावाँको स्मृति ग्रन्थ लोर्कापण गर्नु भएको हो । साे ग्रन्थ प्रकाशित गर्न महत्वपूण सहयाेग डाक्टर चन्द्र लक्सम्बाकाे रहेकाे अायाेजकले बताएकाे छ ।


अथक योद्धा साँवाको स्मृति ग्रन्थ लोकापर्ण गदै नेता नेपालले साँवाले नेपाली राजनीतिमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो । अहिले समाजमा जनताको जीवन सार्कार पार्नु नै अम्बिका साँवाको योगदानको कदर गर्नु भएको बताउदै नयाँ पिढीहरुलाई परिर्वतनको लागि जुटन आग्रह गर्नुभयो ।

साँवा समाजको विकृति विसङगति प्रति लड्द जनतासगंग सगै नङ र मासु जस्तै गरेर काम गर्ने नेता भएको उहाँले बताउनुभयो ।


त्यस्तै संविधान सभाका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी संसदिय दलका उप नेता सुवास नेम्वाङ अम्बिका साँवा पूर्व पहाडको तारा भएको बताउदै ताप्लेजुङमा साँवाले बोलको कुराले पाँचथर, इलाम तेह्रथुम हुदै पूर्वमा तरङ पैदा गर्ने बताउनुभयो । उहाँलेसाँवाको बारेमा भब्य पुस्तक तयार भएकोमा सवैलाई धन्यवाद दिदै साँवाले सवैका पूर्व पहाडमा सवैको मन जित्न सफल भएको बताउनुभयो ।


प्रकाशित गन्थ माथि समिक्षा गर्दै नेता प्रदिप नेपालले साँवा सादा जीबन उच्च विचार भएको नेता भएको स्मरण गर्नुभयो ।

कार्यक्रममा प्राध्यापक डाक्टर सुरेन्द्र केसीले स्मृति गन्थको समिक्षा गदै पुस्तकमा अम्बिका साँवाले गरेका सम्पूर्ण कुरा भएको उल्लेख गदै स्मृति ग्रन्थ राम्रो रहेको टिप्पठी गर्नु भयो । उहाँले पुस्तकमा साँवाको साधारण जीवन देखि मन्त्री सम्म भएको सम्पूर्ण कुरा उल्लेख भएको बताउनुभयो ।


कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनाली, नेपाली काग्रेसका नेता भिष्मराज आङदेम्वे लगायतले अम्बिका साँवाले नेपाली राजनीतिमा पुरयाउनु भएको योगदानको चर्चा गर्नु भएको थियो । साे पुस्तक पु

म्बिका    साँवा प्रतिष्ठानद्धारा प्रकाशित ८७६ पेजको सो स्मृति ग्रन्थमा साँवाको बारेमा राजनीतिक,सामाजिक,शैक्षिक प्रशासनिक क्षेत्रका अनुभवहरु गरी २०६ जनाको लेख उल्लेख गरिएको छ ।


लोर्कापण कार्यक्रमा प्रतिष्ठानका महासचिव चित्रगुप्त साँवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


पूर्व मन्त्री साँवाले २०११ सालमा नेपाली काग्रेस बाट राजनीतिक शुरु गर्नु भएको थियो भने २०४८ र २०५१ सालमा सासद हुदै २०५५ सालमा जनसंख्या तथा बातावरण मन्त्री बन्नुभएको थियो ।
साँवाको १९९३ साल चैत्र ४ गते जन्म भई २०६७ साल असाजे ३१ गते निधन भएको थियो. ।

(भिडियो )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*