अवार्डमा बीरेन्द्रको चर्चा

वेलकम खबर
कार्तिक १, २०७६

इन्जिनियरिङ लाइ मुल पेशा भएका विरेन्द्र श्रेष्ठ यतिबेला गीत संगीतको क्षेत्रमा समेत चम्किरहेका छन् । “पृथक” स्वर भएका श्रेष्ठले गाएका गीतहरुको म्युजिक भिडियोको समेत बजारमा चर्चा हुने गरेको छ ।

लोक पप गीत का कारण श्रोताको मन जितेका श्रेष्ठका थुप्रै गीतहरु विभिन्न अवार्डमा मनोनयनमा परिसकेका छन् भने केही अवार्डहरु समेत उनको पोल्टामा परिसकेको छ । नेपालकै प्रमुख मानिएका जलविद्युत आयोजनाहरुको मुख्य भुमिकामा काम गरिसकेका श्रेष्ठको सांगीतीक यात्रा भने २०७१ सालमा सुरु भएको हो ।

तिरमिर भयो आँखाको ज्योती बोलको गीत गाएर सांगीतीक यात्रा सुरु गरेका श्रेष्ठका पछिल्लो समयका गीतहरु भने बढी चर्चामा रहेका छन् । घर हाम्रो लेकैमा, आउन मायाँ भेटौन हाट बजारैमा, आँखा लाउछन्, पिरिमको बाढी जस्ता गीतहरुले नोपाली श्रोता र दर्शकको मन जितेको छ ।

पछिल्लो समय आयोजना भएको ओएस नेपाल म्यूजिक अर्वाडमा समेत उत्कृष्ट लोक पप क्याटोगोरीबाट गायक तथा इन्जिनियर श्रेष्ठको “पिरिमको बाढी” बोलको गीत बाट गायक श्रेष्ठ उत्कृष्ट लोक पप क्याटोगोरीको गायक विधामा छनौटमा परेका छन् ।

यतिबेला भने श्रेष्ठ आफ्ना शुभेच्छुकहरु संग पिरिमको बाढी बोलको गीतबाट आफुलाइ उत्कृष्ट बनाउनको लागी भोट मागीरहेका छन् । श्रेष्ठलाई उक्त अवार्डमा विजयी बनाउन खल्ती एप्स बाट तथा मोवाइलको म्यासेजमा OSN 19B लेखेर ३३००१ मा पठाउन आग्रह गरेका छन् ।

श्रोता र दर्शकले दिएको मायालाई आगामी दिनमा समेत सांगीतीक क्षेत्रबाट निरास नपारी उज्यालो नेपालको लागी जलविद्युत क्षेत्रमा समेत सकृय रहने श्रेष्ठले दोहोर्याए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*