अम्बिका साँवा स्मृति ग्रन्थ लोकापर्ण हुदै

वेलकम खबर
कार्तिक १, २०७६

ताप्लेजुङ । ताप्लेजुङमा जन्मिएका पूर्वमन्त्री अर्थक योद्धा अम्बिका साँवाको स्मृति ग्रन्थको काठमाण्डौमा शनिवार लोकापर्ण हुदै छ ।
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने आयोजक अम्बिका साँवा स्मृति प्रतिष्ठानले जनाएको छ ।
ताप्लेजुङको खोक्लिङमा १९९३ साल चैत्रमा जन्मिनुभएका साँवा २०४७ सालमा बन तथा जनसंख्या मन्त्री हुनु भएको थियो ।
साँवा जिल्ला पञ्चायत सदस्य पछि २०२२ सालमा जिल्ला पञ्चायत सभापति र २०४६ पछि दुई पटक ताप्लेजुङ क्षेत्र नम्बर २ को सांसद हुनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*