ताप्लेजुङमा यसरी मनाईयो प्रहरी दिवस (फोटो फिचर)

वेलकम खबर
अशोज २४, २०७६

ताप्लेजुङ । ताप्लेजुङमा प्रहरी दिवस भब्य रुपमा मनाईएको छ । अपेक्षा फलको छैन सदा कर्तब्य चिन्तन ,आहुति प्राणको दिने तिमीमा अभिनन्दन भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा ६४ औ प्रहरी दिवस मनाईएको हो ।


दिवसको अवसरमा ताप्लेजुङमा कार्यरत उत्कृष्ठ प्रहरी अधिकृतहरु र जवानहरुलाई सम्मान गरिएको थियो भने प्रहरी चौकीको लागि निशुल्क जग्गा दिनेहरुलाई समेत सम्मान गरिएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनुभयो । कार्यक्रम प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेनले जिल्लाको शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिने नेपाल प्रहरीको प्रसंसा गर्नभयो ।

त्यस्तै फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले ताप्लेजुङमा प्रहरीले गरेको कामको प्रसंसा गर्दै शान्ति सुरक्षा कार्यम गर्न विभिन्न ठाउमा भएको अस्थाई चौकीलाई स्थायी गर्नुपर्ने माग गर्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले प्रहरीले शान्ति सुरक्षा र समाज सुधारको लागि खेलेको भुभिकाको प्रसंसा गर्नुभयो ।

 


कार्यक्रमम नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ अन्तर महिला संञ्जालका अध्यक्ष शिला ईजम,पूर्व प्रहरी संगठनका कार्यवहाक अध्यक्ष मोतिलाल लिम्बु लगायन शुभकामना मन्तब्य दिनु भएको थियो । प्रनाउ फुयालले सवैलाई स्वागत गर्नु भएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*