लिम्बु विद्यार्थी मञ्‍चको अध्यक्षमा लक्सम

वेलकम खबर
अशोज १३, २०७६

ताप्लेजुङ : लिम्बु विद्यार्थी मञ्चको केन्द्रीय अध्यक्षमा इन्द्रकुमारी (दीपा) लक्सम निर्वाचित भएकी छन्। सोमबार ताप्लेजुङमा सम्पन्न नवौं महाधिवेशनले आगामी कार्यकालका लागि लक्समको नेतृत्वमा ३९ सदस्यीय समिति चयन गरेको हो।

मुलुकभरका लिम्बु विद्यार्थीहरूको संस्थाको वरिष्ठ उपाध्यक्षमा नितेश सिङ्घक, उपाध्यक्षहरू विक्रम शेर्मा, रामकुमार लिङ्दम, राजेश लिम्बु, दमन्ता साँवा र मोहन मावो रहेको पूर्व सचिव प्रजिन हाङवाङले जानकारी दिए।

त्यस्तै महासचिवमा गुल्सन आङ्वुहाङ, उपमहासचिव प्रदिप नेयोङ र सागर चेमजोङ सचिव सेनी तुम्बापो, ताराविर लिम्बु, प्रवीण सेलिङ र डिल्ली लिम्बु तथा कोषाध्यक्ष मनकुमार लिम्बु निर्विरोध भए ।

मञ्चको प्रदेश १ का १३ जिल्लामा जिल्ला शाखा र एउटा काठमाडौं उपत्यका शाखामा १० हजार बढी विद्यार्थी आबद्ध रहेको हाङ्वाङले बताए। लोकगायक खगेन्द्र याक्सोको अध्यक्षतामा २०५५ सालमा मञ्चको स्थापना भएको थियो।

मञ्चको मुख्य उद्देश्य लिम्बु भाषामा व्यवहारिक शिक्षामा लागिपर्ने नवनिर्वाचित अध्यक्ष लक्समले बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*