संविधान दिवस ताप्लेजुङमा यसरी मनाईयो (फोटो फिचर)
ताप्लेजुङ । संविधान दिवसको अवसर पारेर ताप्लेजुङ विविध कार्यक्रम गरिएको छ ।
नेपाली राष्ट्रिय झन्डा, लिम्बुकोहरुको साँस्कृतिक झाँकी च्याबुङ सहितको बीरेन्द्र चोकबाट शुरु र्यालीले बजार परिक्रमा गरी हेलिप्याड स्थित ताप्लेजुङ स्वागत गेट नजिकै नेपाली झन्डा तोलन गरेर संविधान दिवस मनाईएको छ ।
झन्डाेत्ताेलन पूर्व साँसद तिलकुमार मेन्याङ्वो,फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला गर्नु भएको थियो ।
झन्डाेत्ताेलन साँसद मेन्याङवो,मेयर प्याकुरेल र प्रजिअ निरौलाले सवै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा संविधान दिवसको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,कर्मचारी,नागरिक समाज,पत्रकार,बाणिज्य संघ,रेडक्रस लगायतको उपस्थिति रहेको थियो ।
उता संविधान दिवसकाे अवसरमा पाथीभरा क्षेत्रमा सरसफाइ गरिएको छ पाथीभरा क्षेत्र विकास समिति,स्थानीय प्रहरी चाैकी हाेटल ब्यवसायी लगायतको उपस्थितिमा सरसफाइ भएकाे पाथीभरा क्षेत्र बिकासका सदस्य गाेपाल न्याैपाने बताए






















