संविधान दिवसको अवसरमा ताप्लेजुङमा दुई कैदी छुटे 

वेलकम खबर
अशोज ३, २०७६

ताप्लेजुङ । संविधान दिवसको अवसरमा ताप्लेजुङमा दुई जना कैदीलाई रिहाई गरेको छ । शुत्रवार सरकारले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेका दुई जनालाई रिहाई गरेको हो ।

रिहाई हुनेमा  खेजेनिम ७ का भिमबहादुर शेर्पा र फुङलिङ नपा ८ का सुनिल ईजम लिम्बु रहेका छन ।  शेर्पा सवारी ज्यान मुद्धामा दुई बर्ष कैद सजाय तोकिएको थियो उनले  ६३ प्रतिशत कैद  भुत्तानी भएको र बाँकी सजाय मिनाहा भएको हो भने लिम्बु ज्यान मार्ने उद्योगमा  ५ कैद सजाय तोकिएकोमा ५४ प्रतिशत सजाय भुत्तानी गरी बाकी सजाय मिनाहा भएको भई शुत्रवार छुटेको जिल्ला कारागार ताप्लेजुङका सुचना अधिकारी  धनीराम सिह जिल्ला कारागारका बताए । ताप्लेजुङबाट तीन जनाको शिफारिस केन्द्रमा पठाएपनि दुई जना मात्र माथि रिहाई पत्र आएको सुचना अधिकारी सिंहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*