सामुदायिक विद्युत्त राष्ट्रिय महासंघ ताप्लेजुङमा पोमु

वेलकम खबर
अशोज २, २०७६

ताप्लेजुङ । ताप्लेजुङमा पहिलो पटक सामुदायिक विद्युत्त राष्ट्रिय महासंघ नेपाल जिल्ला कार्य समिति गठन भएको छ । विहिवार दिपेन पोमुको अध्यक्षमा ताप्लेजुङमा पहिलो पटक समिति गठन भएको हो । सो समितिको उपाध्यक्षमा झरेन्द्र थापा,सचिवमा डिल्ली न्यौपाने र कोषाध्यक्षमा मनकुमारी लिम्बु चयन भएका छन ।
सो समितिको सदस्यहरुमा लाक्पा तोम्वा,शान्ति राम मिश्र, शुशिल सेलिङ र गिरिराज न्यौपाने चयन भएका छन ।पाँचथरको भालुचोकमा भएको कार्यक्रममा  विद्युत्त राष्ट्रिय महासंघ नेपाल केन्द्रिय अध्यक्ष नारायण ज्ञवाली र प्रदेश न १ का अध्यक्ष नारायण पोखरेलको उपस्थिति रहेको थियो । ताप्लेजुङमा १८ वटा विद्युत्त सहकारी रहेको अध्यक्ष पोमुले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*