संविधान दिवसको अवसरमा ताप्लेजुङमा सरसफाई (फोटो फिचर )
ताप्लेजुङ । संविधान दिवसको अवसर पारेर ताप्लेजुङमा सरसफाई गरिएको छ । विहिवार ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मे बजारमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा पूर्व सासंद तिलकुमार मेन्याङवो,नगर प्रमुख छत्रपति प्याकुरले, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,डिएसपी ज्ञानेन्द्र प्रसाद फुयाल,शसस्त्र डिसपी यदुकुमार कार्की,सह सेनानी सञ्जीब दाहाल,प्रमुख प्रशासकिय अधिकृत महेशराज तिम्लसीना,सहायक प्रजिअ गिताकुमारी राई लगायतको उपस्थिति रहेका थिए । त्यस्तै कार्यक्रममा राजनीतिक दलका , प्रहरी प्रशासन ,नागरिक समाज पत्रकार बाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सरसफाई गरिएको हो ।




















