लुक्लाबाट काठमाडौं आउँदै गरेको ८ वटा हेलिकप्टर आकस्मिक अवतरण

वेलकम खबर
भदौ ३१, २०७६

लुक्लाबाट काठमाडौं आउँदै गरेका ८ वटा हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ । अविरल परेको वर्षाका कारण मौसममा खराबी आएपछि  चारवटा  पाँचखाल र ४ वटा नेपालथोकमा आकस्मिक अवतरण गरिएको काभ्रेका प्रहरी नायव निरक्षक दिपक गिरीले जानकारी दिए ।

कैलाश एयरलाइन्सको १ वटा, सिस्रिकको २ र मनाङको एक वटा गरी चारवटा पाँचखालमा अवतरण गरिएको हो । सिन्धुलीमा अवतरण गरिएको बारे पुष्टि नभएको प्रहरी नायव निरक्षक दिपक गिरीले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*