सञ्चारकर्मी मदन पौडेल बेपत्ता भएको सात वर्ष, अवस्था अज्ञात

वेलकम खबर
भदौ ३१, २०७६

सञ्चारकर्मी मदन पौडेल बेपत्ता भएको सात वर्ष, अवस्था अज्ञा

ताप्लेजुङको पहिलो सामुदायिक रेडियो, रेडियो तमोर १०२ मेगाहर्जमा कार्यरत सञ्चारकर्मी मदन पौडेल बेपत्ता भएको सात वर्ष पूरा भएको छ ।

तर अहिलेसम्म उनको ठाउँ–ठेगाना पत्ता लाग्ने सकेको छैन । २०६९ साल भदौ ३१ गते ताप्लेजुङको पहिलो डान्स स्टार ०६९ को कार्यक्रममा रेडियो पार्टनरको हौसितमा तत्कालीन फुलबारी गा.वि.स.मा गएका बेला बेपत्ता भएका मदन अहिलसम्म बेपत्ता नै रहेका छन् ।

बेपत्ता भएका पौडेलको अवस्था तथा बेपत्ता हुनुको कारण खोजी गर्न नेपाल पत्रकार महासंघले गठन गरेको छानबिन समितिले पनि पौडेल बेपत्ता हुनु रहस्यमय र सुनियोजित हुनसक्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । बेपत्ता भएका सञ्चारकर्मी पौडेलको आठ दिनपछि मोवाइल र पर्स भेटिएको थियो ।

पौडेल रेडियो तमोर ताप्लेजुङका तत्कालिन सिनियर प्राविधिक थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*