जहाज र विमानस्थलमा डेंगीको औषधि छर्कन मन्त्री भट्टराईको निर्देशन

विदेशीलाई नेपाल सुरक्षित रहेको सन्देश दिइने
वेलकम खबर
भदौ ३०, २०७६

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  नेपालमा प्रकोपको रुपमा फैलिएको डेंगी रोगले नेपाल भ्रमण वर्ष २०२० लाई असर पार्न सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।

स्वास्थ्य मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, नेपाल होटल संघ, वायुसेवा सञ्चालक संघलगायतका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री भट्टराईले डेंगुले भ्रमण वर्षलाई असर पार्न सक्ने भएकाले अहिलेदेखि नै सावधानीका उपाय अपनाउन निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले विमानस्थल क्षेत्र र जहाजभित्र मापदण्डअनुसार डेंगीविरुद्धको औषधि छर्कने व्यवस्था मिलाउन पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो । यस्तै होटल तथा अन्य क्षेत्रमा पनि सरसफाइ गर्न र पूर्व सतर्कता अपनाउन पनि निर्देशन दिनुभयो ।

यस्तै नेपालले डेंगी नियन्त्रणको काम गरिरहेकाले खतरा नरहेको र पर्यटकलाई कुनै असर नपर्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिन पर्यटन बोर्डलाई मन्त्री भट्टराईले आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*