मन्त्री भट्टराईमाथीको दुब्यवहार, ज्ञानेन्द्र शाहीको योजनाबद्ध षडयन्त्र
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सम्हाले लगतै मन्त्री योगेश भट्टराईले कार्यसम्पादन शुरु गर्नुभएको छ । छोटो समयमा उहाँले सकारात्मक आरम्भमात्रै गर्नुभएन महत्वपुर्ण निर्णयहरु समेत लिनुभएको छ । नेपाल एयरलाइन्सको सुधारका निम्ती समिति बनाएर आफनो प्राथमिकता संकेत गदै काम थाल्नुभएका मन्त्री भट्टराइले नेपाल भ्रमणबर्ष २०२० लाइ सफल पार्नका निम्ती ठोस गृहकार्यहरु पनि अगाडी बढाउनुभएको छ ।
सत्तारुढ पार्टीभित्र तुलनात्मक रुपमा एक आशा लाग्दो युवा नेता भट्टराईले त्रिभुवन विमानस्थलको सुधारदेखी लुम्बिनी अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्र्तराष्ट्रिय विमानस्थल , निजगढ बिमानस्थलसम्ममा आफनो प्रष्ट सोच सहित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाउदै काम थाल्नुभयो । मन्त्री भट्टराईको कार्यशैली र सोच अनुसार काम पनि अगाडी बढिरहेकै बेला सरकार बिरुद्ध निरन्तर लागिरहेको एउटा समुह अहिले मन्त्री योगेश भट्टराई बिरुद्ध योजनाबद्ध षडयन्त्रमा लागेको देखिन्छ ।
पुर्व दरबारिया र अहिले पनि सामन्ती राजसंस्थालाई पुर्नस्थापित गर्नुपर्छ भन्ने घोषित उदेश्यका साथ लागेको ज्ञानेन्द्र शाही समुहले हिजो नेपालगञ्जमा मन्त्री भट्टराई बिरुद्ध जे जस्तो हर्कत र व्यवहार गर्यो त्यो निन्दनीय छ । जन्मदै शासक हुने र अरु सबै नागरिकलाई दास ठान्ने सामन्ती राज्यव्यवस्थाको पक्षमा लाग्ने ज्ञानेन्द्र शाही गुटले निर्वाचित जनप्रतिनिधिहरु बिरुद्ध निरन्तर प्रोपोगान्डा गर्ने एउटा कार्यको कडी हो । स्वयंम मन्त्री भट्टराईले तोकिएको समय भन्दा १५ मिनेट ढिला हुने पहिला नै जानकारी गराईसकिएको र काठमाडौ पुग्नुपर्ने आफनो बाध्यतासमेत प्रष्ट रुपमा राखिसकेको अवस्थामा फेरि मन्त्री बिरुद्ध विमानभित्रै ज्ञानेन्द्र शाहीको नेतृत्वका ३ ÷४ जनाको समूहले गालीगलौज तथा दुव्यवहार गरेको हर्कत सहन सकिने खालको छैन । मन्त्री भट्टराइले आफनो कारणले १५ मिनेट ढिलाइ भएकोमा सम्पुर्ण यात्रुहरुप्रति क्षमायाचना गरिसकेको र बृद्ध एयरको जहाजमा नै रहेका अन्य यात्रुले यसलाई सामान्य रुपमा लिइरहेको अवस्थामा ज्ञानेन्द्र शाहीको नेतृत्वमा पुर्वराजावादीहरुका तीन चारजनाको समुहले जसरी दुव्यवहारको प्रयास गरे यसलाई राज्यले सामान्य रुपमा लिनु हुँदैन ।
यसअघि बदनाम पारस शाहले त्रिभुवन विमानस्थलमा डिउटीमा रहेका कर्मचारीमाथी हातपात गर्दा यिनै ज्ञानेन्द्र शाही समुह त्यसको पक्षमा उभिएका थिए । मुद्धा सहि र गलत के हो त्यो छुटयाउनुको साटो मरिसकेको राजतन्त्रलाई फेरि ब्युताउन सकिन्छ की भन्ने योजना अन्र्तगत यस्ता कामहरु निरन्तर भएको देखिन्छ ।
पत्रकार रबि लामिछानेमाथि विधि अनुसार सामान्य सोधपुछको प्रक्रिया अघि बढाउदा समेत राजतन्त्रवादी ज्ञानेन्द्र शाही र राजावादीहरु चितवनकै भिडमा मिसिएर राजा आउ देश बचाउ भन्ने सम्मका नारा लगाइरहेका थिए ।
जनताद्धारा स्थापित गणतन्त्रले निरन्कुश राजशाहीलाई बिस्तापित गरिसकेको अवस्थामा त्यसका बिरुद्ध लाग्ने कसैलाई पनि जनताले छाड्नु हुँदैन । पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रिय निमार्णको सोच र त्यस अनुसारका कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढिरहदा यि र यस्ता देशद्रोही र राज्यविरोधी चरित्रहरु थप सल्बलाउन खोजेको देखिन्छ । यिनीहरुको उदेश्य जसरी पनि देशलाई अस्थिर बनाउने र त्यो अस्थिरताभित्र प्रजातन्त्र बिरोधी शक्तिलाई कुनै न कुनै रुपमा पुर्नस्थापित गर्न सकिन्छ की भन्ने देखिन्छ ।
कसैले नागरिकको रुपमा सरकारलाई मुद्धा बिशेषका आधारमा बिरोध र समर्थन गर्न सक्छ त्यो उसको नागरिक अधिकार हो । यही ज्ञानेन्द्र शाहीले यदि नागरिकको रुपमा सरकार प्रति आफनो गुनासो राख्छन भने त्यसलाई अन्यथा ठान्नु हुदैन तर कसैको गोटी भएर जनताले प्राप्त गरेको उपलब्धीमाथी निरन्तर लागि रहने छुट उनलाई छैन। सरकारले यस्ता व्यवस्था बिरोधी तत्वलाई नियन्त्रण गर्नुपर्दछ । मन्त्री भटटराईमाथीको दुब्यवहार एउटा मन्त्री र नेता बिरुद्धको मात्र हैन यो गणतन्त्र र संघियता बिरुद्धकै आक्रमण हो । त्यसले यस्ता तत्व बिरुद्ध राज्यले बिधिवत छानविन र कारबाहीको प्रक्रिया अगाडी बढाउनुपर्दछ ।



















