मन्त्री योगेश भट्टराईले बालकलाई सहयोग गरेर मनाए जन्मदिन

वेलकम खबर
भदौ २१, २०७६

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको जन्म दिन आज भाद्र २१ गते शनिवार परेको छ । मन्त्री भट्टराईले आफनो जन्मोत्सव ताप्लेजङ जिल्ला फक्ताङलुङ गाउपालिका ६ बस्ने एक बालकलाई आर्थिक सहयोग गरेर मनाउनु भएको छ ।

मन्त्री भट्टराईले आफनो ५३ औ जन्मोत्सव फक्ताङलुङ ६ बस्ने बाबु कुविर राई र आमा दिलकुमारी लिम्बुको ४ बर्षिय छोरा समिर राईलाई पठन पाठनमा सहजताको लागि नगद २० हजार सहयोग गरेर जन्मदिन मनाउनु भएको हो । बालक समिरको बाबु आमा दुवै आँखा नदेख्ने तथा जिल्लामा गित गाएर आफु र बच्चा पढाई रहेको थाहा पाएपछि मन्त्री भट्टराईले नगद सहयोग गरेको हो ।
समिर अहिल फुङलिङ नगरपालिका वडा ५ नबज्योति बोडिङ स्कुलमा नर्सरीमा भर्ना भएका छन । मन्त्री भट्टराईले शुक्रवार ताप्लेजुङ सरोकार केन्द्रको १४ औ स्थापना दिवस तथा साधारण सभाको अवसरमा रकम फक्ताङलुङ गाउपालिकाका अध्यक्ष सरोज एभेङलाई हस्तान्तरण गर्नु भएको थियो । एभेङ चाडै जिल्ला फर्केर परिवारलाई हस्तान्तरण गर्ने बताउनुभयो ।

मन्त्री भट्टराई २०२३ साल भाद्र २१ गते बाबु भीमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराई कोखबाट जन्मनु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*