ताप्लेजुङबासीले पर्यटन मन्त्री भट्टराई र हिमाल आरोहीलाई सम्मान गर्यो (फोटो फिचर )

देशको विकासमा सवै एकजुट हौ :मन्त्री भट्टराई
वेलकम खबर
भदौ २१, २०७६

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई काठमाण्डौंमा सम्मान गरिएको छ । ताप्लेजुङ सरोकार केन्द्रको १४ औ स्थापना दिवस तथा साधारण सभाको अवसर पारेर शुत्रवार काठमाण्डौमा ताप्लेजुङबासीले सम्मान तथा बधाई ज्ञापन गरेको हो ।


स्थापना दिवसको अवसरमा विश्वको तेस्रो अग्लोे हिमाल कञ्चनजंघा २०१९ मा आरोहण गर्ने ६८ जना नेपाली तथा विदेशी समेत सम्मान गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथी संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराई ले देशमा समृद्धिको लागि विकास आवश्यक भएको बताउदै ताप्लेजुङ लगायत सवै पर्यटकिय क्षेत्रको विकास गर्नु पर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले ताप्लेजुङ प्राकृतिक सास्कृतिक हिसाबले सुन्दर जिल्लाको पूर्वाधार पर्यटनको विकासमा कसरी अगाडी बढाउन सकिन्छ भनेर योजना बनाई रहेको मन्त्री भट्टराईले बताउनुभयो ।

ताप्लेजुङ बहुजातिय बहुसाँस्कृतिक रुपमा रहेको जिल्ला भएकोले जिल्लाको विकासको लागि सबैको सहयोग लिएर अगाडी बढने बताउनुभयो ।


पूर्व स्वास्थ्थ मन्त्री तथा सरोकार केन्द्रका संस्थापक अध्यक्ष डा.भरत प्रधानले मन्त्री भट्टराईलाई निष्कलङ्क रहेर देशको विकासमा जुटन सुझाब दिनुभयो । उहाँले कञ्चनजंघा जस्तै कञ्चन रहेर जन्मेको जिल्ला तथा देशको विकासमा जुटन आग्रह गर्नुभयो ।


कार्यक्रम संस्थाका अध्यक्ष चित्रगुप्त साँवाको अध्यक्षतामा सम्पन्न भएको थियो भने. उपाध्यक्ष टंक श्रेष्ठले स्वागत गर्नु भएको थियो । उद्घाटन सत्र पछि महासचिब नन्दु बनेको साँगठानिक प्रतिबेदन पेश गर्नु भएको थिए भने कोषाध्यक्ष मिङ्माडण्डु लामाले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व मन्त्री, पूर्व साँसदहरु,पूर्व सविच नेपाल सरकारका विशिष्ठ ब्यक्तित्वहरु उपस्थित रहेका थिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*