पर्यटन मन्त्रीलाई बधाई,कञ्चनजंघा हिमाल चढनेलाई सम्मान गर्ने

वेलकम खबर
भदौ १९, २०७६

काठमाण्डौ । विश्वका तेस्रो अग्लो हिमाल आरोहण गर्नेहरुलाई काठमाण्डौमा सम्मान गर्ने भएको छ ताप्लेजुङ काठमाण्डौ सरोकार केन्द्रले आउदो शुक्रवार भाद्र २० गते दुई बजे  बागबजार स्थित होटल हार्दिकमा कञ्चनजंघा आरोहरण गर्ने ६८ जनालाई सम्मान गर्ने भएको हो ।

ताप्लेजुङ सरोकार केन्द्रको १४ औ स्थापना दिवसको अवसर पारेर  संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई बधाई दिने कार्यक्रम रहेको छ भने  सरकारको विशिष्ठ श्रेणीमा पुगेका ताप्लेजुङमा जन्मेकाहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए । त्यस्तै ताप्लेजुङमा जन्मेर नेपाल सरकारका सचिव प्रदेश न ६ का मुख्य सचिव भएका केशव भण्डारीलाईसमेत बधाई दिने कार्यक्रम रहेको स्थापना दिवस आयोजक समितिका संयोजक लोजक लामाले बताए ।
१४ स्थापना दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रम तथा चियापान कार्यक्रम समेत भएको सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठले बताए ।
ताप्लेजुङ सरोकार केन्द्र ताप्लेजुङबासीहरुको साझा संस्था भएकोले यसले विकासको लागिे विभिन्न सामाजिक कार्य गर्दे आएको बताउदै विश्को तेस्रो अग्लो हिमाल कञ्चजनजंघा २०१९ मा आरोह गर्ने ६८ जनालाई सम्मान गर्ने तथा पर्यटन मन्त्रीलाई बधाई दिने कार्यक्रम रहेको संस्थाका महासचिव नन्दु वनेमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*