पर्यटनमन्त्री भट्टराईले निवासमै पुगेर देउवालाई सुनाए मन्त्रालयका योजना

वेलकम खबर
भदौ १४, २०७६

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई उनको निवासमै पुगेर मन्त्रालयका योजना सुनाएका छन्।

शनिबार बिहान मन्त्री भट्टराई प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई भेटन उनको निवासमै पुगे।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री भट्टराईले विपक्षी नेता देउवालाई भेटको जानकारी दिएका छन्। भेटमा मन्त्री भट्टराईले आफूले सम्हालिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका काम कारबाही र आगामी योजनाका बारेमा जानकारी गराएको बताएका छन्।

‘पूर्व प्रधानमन्त्री एवम प्रमुख प्रतिपक्षी दलका नेता माननीय शेरबहादुर देउवासँग आज बिहान उहाँको निवास बुढानीलकण्ठमा भेटघाट गरी मैले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु’, फेसबुक स्टाटसमा मन्त्री भट्टराईले लेखेका छन्, ‘मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाब दिनुभएको छ। त्यसका लागी म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*