रवि लामिछानेसहित तीन जनाको बयान सकियो

वेलकम खबर
भदौ ९, २०७६

सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाको चितवन जिल्ला अदालतमा बयान लिनेक काम सकिएको छ ।

बयान लगत्तै दुबै पक्षका कानुन व्यवसायीबाट बहस सुरु भएको छ । बहस सकिएपछि अदालतले थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्छ ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरको अभियोगमा लामिछाने, युवराज कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*