ताप्लेजुङ समाजले दुई सय सात जना आमालाई सम्मान गर्यो ( फोटो फिचर )
काठमाडौ । ताप्लेजुङ समाज नेपालले शनिवार दुई सय सात जना आमाहरुलाई सम्मान गरेको छ ।
तिजको अबसर पारेर ताप्लेजुङ समाजले शनिवार काठमाण्डौमा ६५ बर्ष माथिका २०७ जना आमाहरुलाई सम्मान गरेको हो ।

६५ बर्ष माथिका आमाहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन ।
उपराष्ट्रपति पुनले महिलाहरु मध्ये जेष्ठ मैवाखोला साँघुकी ३ की ९५ वर्षिय महेन्द्रादेबी भट्टराईलाई सम्मान गरेर सम्मान कार्यक्रम शुरु गरेका थिए । । महेन्द्रादेबी भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको आमा हुन् ।
त्यस्तै समाजका उपमहासचिब याङजोम शेर्पालाई नेपाल सरकारले नेपाल ट्रष्ट सञ्चालक समिति बोर्ड सदस्ययमा नियुक्ति भएको भन्दै उपराष्ट्रपति पुनले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै, उपराष्टपति पुनले नेपालीहरुको महान चाड मध्ये एक महत्वपूर्ण चाड तिज पनि भएको र पछिल्लो चरणमा तिज निकै खर्चिलो र भड्किलो हुँदै गएकोमा दुखेसो पोखेका थिए ।

सम्मान गर्दै गर्दा कतिपय आमाहरु खुशी र कतिपय आमाहरु दुखी भएको महसुस गर्दै आफ्नो बुबा आमालाई गाली गलौज गर्ने मारपिट गर्ने र वृद्ध आश्रम पुर्याउने जस्ता गतिविधी नगर्न सबैलाई सचेत समेत गराए ।
आफ्नो आमा बुबालाई कुल पुजा गरे जस्तै सम्झेर आमा बुबाको पुजा गर्नु पर्ने समेत जानकारी गराउँदै भावी दिनहरुमा पनि ताप्लेजुङ समाज नेपालले जस्तै देशभर सबैले बुबा आमालाई सम्मान गर्न समेत आग्रह गर्दै ताप्लेजुङ समाजलाई उन्नति प्रगतिको शुभकामना ब्यक्त गरे ।

अतिथीहरुमा ताप्लेजुङ निवासी संघीय रास्ट्रसभा सदस्य सांसद नैनाकला ओझा, सांसद पासाङ शेर्पा , डम्बरध्वोज तुम्बाहाम्फे लगायतको रहेको थियो । सम्मान तथा तिज कार्यक्रममा तीन हजारको सहभागिता रहेको समाजका उपाध्यक्ष रमेश बरालले बताए ।
सम्मान पछि कार्यक्रममा दर खाने र विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत भएको संस्थाका महासचिव अग्नी पौडेलले बताए ।




















