पत्रकार गुरागाई सम्मानित
वेलकम खबर
भदौ ७, २०७६
ताप्लेजुङ । अन्नपूर्णपोष्टका ताप्लेजुङ सम्वाददाता सीताराम गुरागाईं सम्मानित भएका छन् ।
पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै लाखेजात्रा सञ्चालन समितिले सम्मान गरेको हो ।
नगद १० हजार र प्रमाणपत्र सहित गुरागाईलाई सम्मान गरिएका हो । पत्रकारिताको माध्यमबाट खेल क्षत्रमा ठूलो योगदान पु¥याएकाले उनलाई सम्मान गरिउको आयोजनकले जनाएको छ ।



















