ताप्लेजुङ समाजले ६५ बर्ष माथिका आमाहरुलाई सम्मान गर्ने

वेलकम खबर
भदौ ६, २०७६

काठमाडौं  नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा ताप्लेजुङ समाज नेपालले आमा सम्मान तथा तीज कार्यक्रम गर्ने भएको छ ।

उपराष्ट्रियपति नन्दलाल पुनकाे प्रमुख अातिथ्तामा    काठमाडौंकाे धुम्बाराही   स्थित एस आर क्याटरिङमा २०७६ भदौ ७ गतेका दिन एक कार्यक्रमका बीच आमा सम्मान तथा तीज कार्यक्रम गर्ने भएकाे हाे ।

कार्यक्रममा ताप्लेजुङबाट काठमाडौं आई बसोबास गर्ने ६५ वर्ष माथिका आमाहरुलाई सम्मान गरिने आमा सम्मान तथा तीज कार्यक्रमका संयोजक तारा श्रेङ मादेनले जानकारी  दिनुभयाे ।

१५ सय भन्दा बढि ताप्लेजुङबासी तथा गैर ताप्लेजुङबासीहरुको उपस्थितीमा बिभिन्न जातीका परम्परागत नाचगानसहित कार्यक्रम भब्य रुपले सम्पन्न गर्ने तयारी रहेको समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*