ताप्लेजुङको लाखे नाच शुक्रवार काठमाण्डौमा निकाल्ने

वेलकम खबर
भदौ ५, २०७६

काठमाण्डौ । जातिय सँस्कृतिको जर्गेना गर्ने उद्देश्यले ताप्लेजुङ नेवार समाज काठमाण्डौंले पहिलो पटक काठमाण्डौमा लाखे निकाल्ने भएको छ ।
काठमाण्र्डाैमा रहेका ताप्लेजुङे नेवारहरुको बृहत्त भेलाले लाखे निकाल्ने निर्णय गरेको हो । कृष्ण जन्म अष्टमीको दिन शुक्रवार पारेर काठमाण्डौको प्रज्ञा भबनमा लाखे तथा कृष्ण निकालेर प्रर्दशन गरिने बताईएको छ ।
लाखे निकाल्नका लागि धुब्र नारायण श्रेष्ठको संयोजकत्वमा एक समिति गठन भएको छ भने सह संयोजकमा माधब प्रधान रहनु भएको छ । प्रज्ञा भबनमा शुक्रवारदिउसो १ बजे ताप्लेजुङ जस्तै लाखे नाच देखाई संयोजक श्रेष्ठले  बताउनुभयो ।
आफनो जातिय सस्कृति बचाई राख्न ईतिहासमै पहिलो पटक काठमाण्र्डाैमा लाखे नाच ताप्लेजुङेहरुले निकालेर प्रर्दशन गर्न लागिएको सह संयोजक प्रधानले बताउनुभयो । संयोजक श्रेष्ठका अनुसार नेपालमै मौलिक र अन्यको भन्दा फरक रुपमा ताप्लेजुङको लाखे नाच भएकोले कृष्ण,बलराम हनुमान सहित लाखे प्रर्दशन गरिने बताउनुभयो ।

सो कार्यक्रममा ताप्लेजुङको लिम्बुहरुको धान नाच च्याबुङ नाच शेर्पाको नाच समेत प्रर्दशन गरिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*