ताप्लेजुङमा चट्याङ लागेर एक जनाको ज्यान गयो

वेलकम खबर
भदौ ५, २०७६

ताप्लेजुङ – चट्याङ लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ ।

फुङलिङ नगरपालिका–८, का भक्तबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक संजयसिंह थापाले बताउनुभयो । बिहीबार साँझपख हावाहुरी र पानीसँगै परेको चट्याङले लाागेर भक्तबहादुरको ज्यान गएको हो ।

उहाँको शवको मुचुल्का उठाइसकेको र पोस्टमर्टमका लागि जिल्ला अस्पताल ल्याइएको समेत प्रमुख थापाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*