माेरङलाई हराउदै झापा पाथीभरा गाेल्डकपकाे फाईनलमा

वेलकम खबर
भदौ ५, २०७६

तााााप्लेजुङ । ताााप्लेजुङ सदरमुुुुकाम फुुुुङलिङमा जारी पाथीभरा गोल्ड कप फुटबलकाेेबिहीबार भएको सेमिफाईनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन रेड स्टार क्लब बिर्तामोड  झापाले रेडस्टार क्लब बिर्तामोड झापालेे  मोरङलाई ५-४ ले पराजित गरेको छ ।

दुबै टिमले खेलको पहिलो हाल्फमा गोलरहित बराबर खेलेका थिए । खेलको ४७ औ मिनेटमा रेडस्टार क्लब बिर्तामोड झापाका खेलाडी योगेस गुरुङले १ गोल गर्दै टिमलाई   १-० को अग्रता दिलाए । खेलको ५३ औ मिनेटमा  मोरङको तर्फबाट बिकेस लिम्बूले १ गोल गर्दै बराबरी गोल  बनाए । दुबै टिमका तर्फबाट खेलको ९० मिनेटमा १-१ गोलको बराबरी भएपछि खेल टाब्रेकरमा धकेलियो । माेरङका तर्फबाट बिक्रम लिम्बू ,बिकेस लिम्बू र बिक्रम धिमालले गोल गरे ।  रेडस्टार क्लब बिर्तामोड झापाको तर्फबाट बुद्ध चेम्जोङ, पुजन उपरकोटि, योगेस गुरुङ र निशान राईले गोल गरे ।

मोरङका खेलाडी सुमिन मैनाली, दिलेन मोक्तान र मान बहादुर परियारले प्रहार गरेको गोल रेड स्टार क्लब बिर्तामोड झापाका गोल किपर बिबस चौधरी रक्षा गरे । रेड स्टार क्लब बिर्तामोड झापाका खेलाडी निरज बस्नेत र मनोज राईको गोल डाङ्गी हाट मोरङका गोल किपर छिरिङ तामाङले रक्षा गरे । म्यान अफ दि म्याच रेड स्टार क्लब बिर्तामोड झापाका गोल किपर बिबस चौधरी घोसित भए ।

भाेलि हुने  फाइनल खेलमा रेड स्टार क्लब बिर्तामोड झापाले एलाभेन एरोज सुनसरीको सामना गर्नेछ । बिजेता टिमले  २०४ तोला चाँदी र ३ तोला  सुन जडित ट्रफी सहित नगद ३ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने । उपबिजेता टिमले ट्रफी र मेडल सहित  नगद १ लाख ५१ हजार मै चित्त बुझाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु