ईलामलाई हराउदै सुनसरी पाथीभरा गाेल्डकपकाे फाईनलमा

ताप्लेजुङ । बुधबार सम्पन्न चौथो पाथिभरा गोल्ड कपको पहिलो सेमी फाइनल खेलमा एलाभेन एरोज क्लब, सुन्सरीले रेडहर्स क्लब ईलामलाई २-० गोलान्तरले हराउदै फाइनल प्रबेश गरेको छ ।
खेलको ४५ औँ मिनेटमा एलाभेन एरोज सुनसरीका खेलाडी यानीक ओनाले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ९१ औ मिनेटमा सुनसरिका खेलाडी स्याम चौधरीले गोलान्तरलाई दोब्बर बनाएपछि सुनसरीको जित निश्चित भयो । एलाभेन एरोज सुनसरीले यूकेएफसी दार्जिलिङलाई पराजित गर्दै सेमिफाइनल प्रबेस गरेको हो ।
बुधबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा म्यान अफ दि म्याच एलाभेन एरोज सुनसरीका खेलाडी यानीक ओना घोसित भए । बिहिबार डाँगीहाट फेट्बल क्लब मोरङ र रेडस्टार क्लब बिर्तामोड, झापाबीच दिउँसो २ बजे दोश्रो सेमी फाइनल खेल हुनेछ ।
३ लाख ११ हजार पुरस्कार राशीको चौथो पाथिभरा गोल्डकपको फाइनल खेल शुक्रबार हुनेछ । फाइनल खेलमा एलाभेन एरोज क्लब, सुन्सरीले बिहिबारको बिजेताको सामना गर्नेछ ।