सुनसरी पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश

वेलकम खबर
भदौ ३, २०७६

सुनसरीको एलाभेन एरोज फुटबल क्लब ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रतियोगितामा यु.के.एफ.सि दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरीले सेमिफाईनलमा रेडहर्ष क्लव ईलाम सँगको भेट पक्का गरेको हो ।

 

खेलको दोश्रो हाफको ५ औँ र ११ औँ मिनेटमा यानिक ओनाले सुनसरीका लागि गोल गरेका थिए । यानिक ओना क्याम्रुनका खेलाडी हुन् । यस्तै थ्रिस्टारका २, मनाङ मस्र्याङ्दी, एनआरटि र सरस्वतीका १÷१ जना खेलाडीले समेत सुनसरीबाट खेलेका थिए ।  यस्तै सोमबारको खेलमा सुनसरीका रुपेश केसी म्यान अफ दि म्याच घोषित भएकाछन् । उनले नगद ५ हजार रुपैँया प्राप्त गरे ।

 

मंगलबार हुने पहिलो चरणको अन्तिम खेलमा दिउँसो २ बजे रेडस्टार क्लब झापा र गोर्खा स्पोर्टिङ क्लब दमकबीच प्रतिस्पर्धा हुने छ । यस अघि रेडहर्ष ईलाम, डाँगीहाट मोरङ सेमिफाईनमा प्रवेश गरिसकेकाछन् ।  लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरि १० टिम सहभागि छन् ।

प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ । उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिईने छ । विहिबारदेखि सदरमुकाम स्थित भानुजन माविको खेलमैदानमा जारी प्रतियोगिता भदौ ६ गते सकिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*