गोल्डकपः आयोजकलाई हराउँदै मोरङ बिजयी

वेलकम खबर
साउन ३१, २०७६

बसन्त लिम्बू ।  ताप्लेजुङमा विहिवारदेखि सुरु भएको चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिता अन्तरगत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ बिजयी भएको छ । ट्राईबेकरमा घरेलु टिम ताप्लेजुङ ११ (आयोजक) लाई ५–४ को गोल अन्तरले पराजित गर्दै पाहुना टिम मोरङ बिजयी भएको हो । निर्धारित समय दुवै टिमले गोलरहित बरावरी खेले ।

 

ताप्लेजुङका विकास शेर्पा गोल गर्न चुके । घरेलु टिमका लागि क्रिस राई, सन्तोष लिम्बु,मनिराज लिम्बु र सुशिल लिम्बुले गोल गरे । मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शंकर राईले गोल गरे । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसके पछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।

 

यता खेलको म्यान अफ दि म्याच मोरङका खेल क्याप्टेन सुर्य श्रेष्ठ घोषित भएका छन् । यसैबीच भोलीको खेलमा रेडहर्ष क्लब ईलाम र फिदिम स्पोर्टिङ क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुने छ । शुत्रवारको खेलमा आयोजक पराजित भएसँगै ताप्लेजुङका दुवै टोली पहिलो चरणबाटै बाहिरीएका छन् ।

 

यसअघि विहिवार भएको खेलमा रेडहर्स ईलाम सँग पोमू केछाङ ताप्लेजुङ ३–० गोल अन्तरले पराजित भएको थियो । भदौ ६ गते सम्पन्न हुने प्रतियोगितामा भारतको १ टिम सहित १० टिम सहभागि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*