पाथीभरा गोल्डकप : आयोजक र बेलबारी मोरङ भिड्दै

वेलकम खबर
साउन ३१, २०७६

ताप्लेजुङ : पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्र्तगत शुक्रबार आयोजक ताप्लेजुङ ११ र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुँदैछ। खेल सदरमुकाम फुङलिङस्थित भानु जन माविको खेल मैदानमा दिउँसो २ बजे हुने आयोजकले जनाएको छ।
बिहीबारदेखि सुरु भएको चौथो संस्करणको प्रतियोगितामा पहिलो खेलमा रेडहर्ष क्लब इलाम विजयी भएको छ। घरेलु टिम पोमु केछाङ स्र्पोटिङ क्लब ताप्लेजुङलाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले विजयी यात्रा सुरु गरेको हो।
खेलमा इलामले खेलको सुरुदेखि नै दबाबमा राखेको थियो। पहिलो हाफको आठौं मिनेटमा पासाङ शेर्पाको गोलमा इलामले अग्रता लिएको थियो। यस्तै,१७ औँ र २६ औँ मिनेटमा फोफोनाले लगातार दुई गोल गरे। दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। खेलको म्यान अफ दि म्याच रेडहर्षका फोफोना घोषित भए।
भदौ ६सम्म सञ्चालन हुने प्रतियोगितामा भारतको एक टिमसहित १० टिमको सहभागिता छन्। प्रतियोगिताको विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचारप्रसार गर्ने र खेलकुदका माध्ययमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यसहित प्रतियोगिताको आयोजना गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*