पाथीभरा गोल्डकपको पहिलो खेलमा ईलाम बिजयी

वेलकम खबर
साउन ३०, २०७६

ताप्लेजुङ, ताप्लेजुङमा विहिवारदेखि सुरु चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा रेडहर्ष क्लब ईलाम बिजयी भएको छ । घरेलु टिम पोमु केछाङ स्र्पोटिङ क्लब ताप्लेजुङलाई ३–० गोल अन्तरले पराजित गर्दै ईलाम बिजयी भएको हो ।

इलामले खेलको सुरुदेखि नै दबावमा राखेको थियो । पहिलो हाफको ८ औँ मिनेटमा पासाङ शेर्पाको गोलमा इलामले अग्रता लिएको थियो । यस्तै खेलको १७ औँ र २६ औँ मिनेटमा फोफोनाले लगातार २ गोल गरे । दोश्रो हाफमा दुवै टिमले गोल गर्न सकेन् ।

ताप्लेजुङले जित हासिल गर्ने लक्षका साथ तीन जना विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो । आइभेरी कोष्टका याओ कोवासी,सायरा डाई र एलेक्स इक्वेल थिए । ईलामले पनि २ जना विदेशी खेलाडीलाई समावेश गरेको थियो । आजको म्यान अफ दि म्याच रेडहर्ष ईलामका जर्सि नम्बर ७ का फोफोना घोषित भएकाछन् ।

यसैबीच भोली हुने खेलमा ताप्लेजुङ ११ (आयोजक) र बेलबारी फुटबल क्लब मोरङबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुने छ । पुर्वकै बहुप्रतिक्षित मानिने पाथीभरा गोल्डकप प्रतियोगिताको आजै उद्घाटन भएको हो ।

भदौ ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भारतको समेत गरि १० टिमको सहभागिता छ । यू.के.एफ.सि. दार्जेलिङ, गोर्खा स्पोर्टिङ क्लब दमक, एलाभेन एरोज सुनसरी, रेडस्टार क्लब झापा, डाँगीहाट क्लब मोरङ, फिदिम स्पोर्टिङ पाँचथर, बेलबारी फुटबल क्लब, रेडहर्ष ईलाम, ताप्लेजुङ ११ आयोजक र पोमु केछाङ ताप्लेजुङ प्रतियोगितामा सहभागि भएकाहुन् ।

सदरमुकाम स्थित भानुजन माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगिताको बिजेताले ३ लाख ११ हजार नगद सहित रुपैँया नगद सहित ट्रफि प्रदान गरिने छ ।

यस्तै उपबिजेताले १ लाख ५१ हजार नगद सहित ट्रफि पाउने छ । प्रशिद्ध तिर्थस्थल पाथीभराको प्रचार–प्रसार गर्ने र खेलकुदका माध्ययमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्य सहित प्रतियोगिताको आयोजना गरिएको आयोजक लोखजात्रा खेल सञ्चालन समितिका अध्यक्ष नारायण थापाले बताउनुभयो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*