‘सगरमाथामा जाम हैन, लाम हाे’- मन्त्री भट्टराई

वेलकम खबर
साउन २९, २०७६

काठमाडाैं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले सगरमाथामा ट्राफिक जाम नभई लाम भएको बताएका छन् ।

हिमाल आराेहणमा धेरै समस्या उत्पन्न भएको भन्दै मन्त्रालयले बनाएको छानबिन समितिकाे रिपोर्ट बुझदै मन्त्री भट्टराईले सगरमाथा हिमालमा भएको माैसममा आएकाे बदलिका कारण एकै पटक धेरैले आराेहण गर्नुपर्ने भएकाले धेरैकाे लाम भएको बताए ।

उनले हिमाल आराेहणका लागि स्वास्थ्य परीक्षण गरेर मात्र अनुमति दिनु पर्ने बताए । छानबिन समितिले बनाएका रिपोर्टलाई कार्यान्वयनका लागि ऐन नियम बनाएर भए पनि कार्यान्वयन गर्ने उनको भनाइ छ । सगरमाथा हिमाल सुरक्षित रहेकाले सबै आराेहिलाई आउन मन्त्री भट्टराईले अनुरोध गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*