ताप्लेजुङमा ‘वाइ ट्विबेल जहाज’को सफल परिक्षण उडान

वेलकम खबर
साउन २१, २०७६

ताप्लेजुङ –नेपाल वायु सेवा निगमले ताप्लेजुङको सुकेटार विमानस्थलमा ‘वाइ ट्विबेल जहाज’ को आज परिक्षण उडान गरेको छ । केहि वर्ष अघि चिनवाट ल्याइएको जहाजको आज विहान ८.२० वजे विमानस्थलमा अवतरण गरिएको हो । परिक्षण उडान भएकाले जहाजमा चालक दलका सदस्य मात्रै रहेको प्रहरी नायव उपरिक्षक सञ्जयसिंह थापाले बताउनु भयो ।

सुकेटार टावरका अनुसार परिक्षण सफल भएको छ । जहाज पूर्ववत दिसावाटै सरासर आएर बसेको टावरले जनाएको छ । अवतरणपनि सफल भएको थियो । अवतरण पश्चात ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभराको परिक्रमा गरेर जाने भनेर जहाजका चालकले त्यही दिसावाट फर्काएर लगेका छन । परिक्षण उडान सफल भएसँगै अव नया जहाजले पनि उडान गर्ने अपेक्षा गरिएको छ । यो जहाजमा १६ वटा सिट हुन्छ । ताप्लेजुङ काठमाण्डौं यसअघि उडान हुँदै आएको ट्विनेटर जहाजको तुलनामा भने यो कम सिट हो । ट्विनेटरमा १८ सिट हुन्छ । तर ट्विनेटर जहाज नेपालमा दुइ वटा मात्रै रहेको छ । चिनवाट ल्याइएको यो जहाज अहिलेसम्म तराइमा मात्रै उडान हुदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*