पाथीभरा गोल्डकप ताप्लेजुङमा साउन ३० गतेदेखि

बसन्त लिम्बू
साउन १७, २०७६

ताप्लेजुङ  ।हिमाली जिल्ला ताप्लेजुङमा चौँथो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता साउन ३० गते देखि हुने भएको छ । सदरमुकाम फुङ्लिङस्थित भानु माविको मैदानमा हुने प्रतियोगितामा भारतको एक टिमसहित १० टोलीको सहभागिता रहनेछ । आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले शुत्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो । लाखे जात्रा तथा जनै पुर्णिमाको अवसरमा हरेक वर्ष खेलाईदै आएको उक्त प्रतियोगिता चौथो संस्करण भदौ ६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारतको रोयल फुटबल क्लब, बेलबारी फुटबल क्लब, एलाभेन एरोज क्लब सुनसरी, डाँगीहाट फुटबल क्लब मोरङ, गोर्खा स्पोर्टिङ क्लब झापा, रेडस्टार क्लब झापा, रेडहर्ष क्लब ईलाम, फिदिम स्पोर्टिङ क्लब पाँचथर र घरेलु २ टिम प्रतियोगितामा सहभागी हुने भएका हुन् ।
लाखेजात्रा तथा जनैपुर्णिमाको अवसरमा २०२९ सालदेखि निरन्तर ताप्लेजुङमा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । २०७२ साल सम्म कञ्चनजंघा च्यालेञ्ज रनिङकप भनेर खेलाईदै आएकोमा त्यस पछि भने पाथीभराको प्रचार–प्रसार गर्ने उद्धेश्य सहित पाथीभरा गोल्डकप बनाईएको हो । पुर्वमा सबै भन्दा धेरै दर्शक पाउने दावी गरिदै आएको उक्त प्रतियोगिताको बिजेताले ३ लाख ११ हजार नगद सहित रुपैँया नगद सहित ट्रफि प्रदान गरिने छ । यस्तै उपबिजेताले १ लाख ५१ हजार नगद सहित ट्रफि पाउने छ । खेलकुदको माध्ययमबाट प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरि जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष नारायण थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*