नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए शपथ

वेलकम खबर
साउन १५, २०७६

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन्। शीतल निवासमा शपथग्रहण गराइएको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा थिए।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भट्टराई आजै बुधबार मन्त्री नियुक्त भएका थिए।

  1. तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*