२५ प्रमुख जिल्ला अधिकारीको सरुवा ,ताप्लेजुङमा डोरेन्द्र निरौला
काठमाण्डौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका २५ प्रजिअ तथा सहायक प्रजिअहरुको सरुवा गरेको छ। गृहले आइतबार उनीहरुको सरुवा गरेको हो।
स्रोतका अनुसार ताप्लेजुङका अनुज भण्डारीलाई जिल्ला प्रशासन कार्यालय मोरङमा सरुवा गरेको छ भने ईलाका प्रशासन कार्यालय सुुनसरी धरानमामा कार्यरत डोरन्द्र निरौलालाई ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । सर्लाहीक् प्रजिअ कृष्णबहादुर राउत सुनसरी पुगेका छन् भने इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसीलाई प्रजिअको जिम्मेवारी दिएर सर्लाही पठाइएको छ।
यस्तै गृह मन्त्रालयबाट ज्ञाननाथ ढकाललाई प्रजिअका रुपमा म्याग्दी सरुवा गरिएको छ। मुवराज कट्टेललाई दैलेख र वेदनिधि खनाललाई सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।




















