योगेश भट्टराईले मागे अप्ठ्यारो, जोखिम र चुनौतीपूर्ण जिम्मेवारी

वेलकम खबर
साउन ११, २०७६

काठमाडौं । नेकपा नेता योगेश भट्टराईले सबैभन्दा अप्ठ्यारो, जोखिम र चुनौतीपूर्ण जिम्मेवारी आफूलाई दिन अध्यक्षद्वयलाई आग्रह गरेका छन् । त्यसबाट आफ्नो परीक्षा लिन उनले भनेका छन् । पार्टीको स्कुल विभागमा हानथाप चलिरहेका बेला भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।
‘पार्टी कामको जिम्मेवारीको टुंगो लागिसकेको छैन र मेरो जिम्मेवरीको औपचारिकक जानकारी मलाई सुचित गरिएको छैन’, उनले भनेका छन्, ‘पार्टीको कुनै पनि जिम्मेवारी सानो वा ठूलो भन्ने हुँदैन यो मेरो विश्वास हो । जिम्मेवारी व्यक्तिको योग्यता, क्षमता र उसको रुचीका आधारमा हुनुपर्दछ र निर्णय र मापदण्ड पारदर्शी होस् भन्ने मेरो मान्यता छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*