नेकपामा कार्यविभाजनः योगेश भट्टराईले दिए नेतृत्वलाई पाँच सुझाव

वेलकम खबर
साउन ८, २०७६

नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका विषयमा विवाद र वहस भइरहेको बेला नेकपाका युवा नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना धाराणा सार्वजनिक गरेका छन्।

नेकपाभित्र स्कुल विभागको प्रमुख को हुने भन्ने विषयमा तिब्र विवाद छ।

स्कुल विभागमा सचिवालय सदस्यका नेताद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले आ–आफ्नो दाबी प्रस्तु गरिरहेका छन्।

नेता घनश्याम ढकालले पनि आफू स्कुल विभागको लागि उपयुक्त पात्र भएको दाबी प्रस्तुत गरेका छन्।

पछिल्लो समय वरिष्ठ नेता झलनाथ खनालको नाम पनि स्कुल विभाग प्रमुखमा जोडिएर आउन थालेको छ।

यस्ता विभिन्न वहसका बीच नेता भट्टराईले पार्टी नेतृत्वको ध्यानाकर्षण गर्न भन्दै आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

उनले कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा मात्रै जिम्मेबारी दिनुपर्नेमा जोड दिएका छन्।

कसैलाई पनि स्थायी रुपमा कुनै जिम्मेवरी दिनु नहुने, हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गर्नुपर्ने उनको धारणा छ।

नेता भट्टराईले पाँच बुँदामा समेटेर पार्टी नेतृत्वलाई दिएको सुझाब यस्तो छः

१.कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊँ।

२.कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊँ। हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौँ।

३.पार्टीमा भूगोल, बिभाग र फाँट गरी कामका तीन क्षेत्र छन्। रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊँ।

४.प्रत्येक ब्यक्तिको कार्य मूल्याङ्कनलाई वैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊँ।

हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौँ। त्यसका आधारमा पुरस्कृत र दन्डित गर्ने पारीपाटी बसालौँ।

५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौँ र बुझाऔँ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*