ताप्लेजुङ मदन भण्डारी स्पोर्टस् एकेडेमीमा सुवेदी
ताप्लेजुङ,७ साउन । मदन भण्डारी स्पोर्टस् एकेडेमी ताप्लेजुङको प्रथम जिल्ला भेलाले खड्गबिक्रम सुबेदी अध्यक्ष रहेको समिति गठन गरेको छ । मंगलबार सम्पन्न भेलाले मनोज लिम्बूलाई उपाध्यक्ष, सागर मादेनलाई सचिव, कोपिला नेपालीलाई सहसचिव र प्रेमराज हाङ्गामलाई कोषाध्यक्षमा चयन गरेको हो ।
समितिका सदस्यहरुमा दुर्गा पालुङ्वा, मचिन्द्र लिम्बू, दिलकुमार सुनुवार, मनोज राई, जोसिना पौडेल, बिजय लिम्बू र बिशाल राई रहनुभएको छ । समितिका अन्य सदस्यहरुमा विश्वराज लिम्बू, आइतराज लिम्बू, राजन कार्की, रमेश कार्की, बिर्ख राई, सबिन राई, कैलास राई, गोपाल बानियाँ, सुवास साम्यू, सुकमान केदेम र तारामान लिम्बू रहेका छन् ।
मदन भण्डारी स्र्पोट्स एकेडेमी प्रदेश नं. १ का अध्यक्ष सागर थापा तथा सदस्य रोहित कोइरालाको उपस्थितिमा भएको जिल्ला भेलाबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई कार्यक्रमका प्रमुख अथिति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो र नेकपा जिल्ला अध्यक्ष बिजयप्रकाश वनेम सहितले कार्य सफलताको शुभकामना दिए ।
निर्वाचित कार्य समितिलाई मदन भण्डारी स्र्पोट्स एकेडेमी इलामका अध्यक्ष मिलन खत्री, मदन भण्डारी फउण्डेसन ताप्लेजुङका सचिव गोपाल न्यौपाने, पत्रकार महासंघ ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र पन्दाक ‘प्रयास’, बिद्यार्थी नेताहरु भास्कर खनाल र रवीन्द्र सुबेदी, खेलप्रेमीहरु मोतिकुमार पतङ्वा, मणिशंकर पोमू लगायतले शुभकामना दिए ।
राजनीतिक विचार र खेलकुदलाई सँगै लगेर परिवर्तनका लागि ऊर्जाशील शक्ति विकास गर्ने कार्यमा स्र्पोट्स एकेडेमी सफल बन्नेमा वक्ताहरुले जोड दिए ।



















