विप्लव समुहको उपत्यका इन्चार्ज माइला लामा पक्राउ

वेलकम खबर
साउन ५, २०७६

विप्लव समुहको नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उनलाई शनिबार राति २:३० बजे प्रहरीले भक्तपुरको काँडाघारीस्थित एक घरबाट घेरा हालेर नियन्त्रणमा लिएको हो ।

लामासँगै प्रहरीले रेशम तामाङलाई पनि पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले बताए । उनका अनुसार उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद गरिएको छ ।

माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको प्रहरीको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*