रोमान्चक प्रतिस्पर्धामा न्युजिल्यान्डलाई हराउँदै इङल्याण्ड बन्यो विश्व विजेता

वेलकम खबर
असार ३०, २०७६

आयोजक इङल्याण्ड विश्वकप क्रिकेट २०१९ को विजेता बनेको छ । लर्ड्समा आईतबार मध्यरातमा सम्पन्न खेल सुपर ओभरमा समेत बराबरी भएपछि सबैभन्दा बढी चौका(छक्का प्रहार गर्ने टोलीका आधारमा इङल्याण्ड विश्व विजेता बनेको हो ।टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४१ रनको योगफल तयार पारेको थियो ।
न्युजिल्याण्डका लागि हेनरी निकोल्सले ७७ बल खेल्दै सर्वाधिक ५५ रन बनाए । त्यसैगरी टम लथामले ५६ बलमा ४७ रन जोडे ।
इङल्याण्डका लागि लियाम प्लंकेटले १० ओभरमा ४२ रन खर्चेर र क्रिस ओक्सले ९ ओभरमा ३७ रन खर्चेर समान ३–३ विकेट लिए । मार्क उड र जोफ्रा आर्चरले एक–एक विकेट लिए ।
इङल्याण्डले पनि निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर समान २ सय ४१ रन नै बनायो । इङल्याण्डका लागि वेन स्टोक्सले सर्वाधिक ८४ रन बनाए भने जस बटलरले ५९ रन बनाए ।
योगफल बराबरी भएपछि खेल सुपर ओभरमा गयो । एक ओभरको उक्त खेलमा पनि दुबै टिमले समान रन बनाएपछि आईसीसीको नियमानुसार इङल्याण्ड भाग्यमानी बन्यो ।
निर्धारित ५० र सुपर ओभरमा न्युजिल्यान्डले भन्दा बढी चौका(छक्का प्रहार गरेका कारण इङल्याण्ड विजयी बनेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*