पत्रकार अधिकारी बाल संवेदनशील पत्रकारिता पुरस्कार

वेलकम खबर
असार ३०, २०७६

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा कार्यरत पत्रकार खगेन्द्र अधिकारी यस बर्षको राष्ट्रिय बालसंवेदनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
बिगत १७ बर्ष देखि ताप्लेजुङ जिल्लामा कार्यरत पत्रकार अधिकारीलाई केन्द्रिय बालकल्याण समितिले आईतवार पुृरस्कृत गरेको हो । बालबालिका क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार अधिकारीलाई नगद २५ हजार सहित पुरस्कृत गरेको हो । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले पुरस्कृत गर्नुभएको हो । नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत रहेको अधिकारी जिल्लाबाट निस्कने उज्यायो पोष्टका प्रधानसम्पादक तथा नागरिक दैनिकका सम्बाददाता हुनहुन्छ । पुरस्कृत अधिकारीले हेल्पखबरसँग कुराकानी गर्दै पुरस्कारले आफुलाई बालबालिकाहरुको माथि थप जिम्मेवार बनाएको बन्दै आउदो दिनमा समाज परिवतनका लागि शसक्क्त रुपमा कलम चलाउने बताउनुभयो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*