इलाममा परीक्षा दिएर फर्किएका तीन छात्रा माईखोलामा बेपत्ता
इलाम : इलाममा परीक्षा दिएर फर्किदै गरेका तीन विद्यार्थी माइ खोलामा बेपत्ता भएका छन्। माई नगरपालिका ६ भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खोला तर्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।
बेपत्ता हुने विद्यार्थीमा कक्षा ९, ८ र ६ पढ्ने माइ नगरपालिका १ ज्वालेका निशा सुनार, आकृति आङ्देम्बे र सुनिता साउदने दिउँसो २ बजे बेपत्ता भएको शिक्षक गोपाल घिमिरेले जानकारी दिए।
उनीहरुसँगै घर फर्किर्दै गरेका अन्य दुई विद्यार्थी भने खोला तर्न सफल भएका छन्। विद्यार्थी बेपत्ता भए लगत्तै दानावारी, चिसापानी र पेल्टीमारी युनिटका प्रहरी खोजीकार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए।