आमाले भैंसी बेचेपछि छोराले गरे आफ्नै आमाको हत्या

वेलकम खबर
असार २४, २०७६

वीरगन्ज ।पर्सामा एक युवकले आफसंग सल्लाह नै नगरी घरको भैंसी बेचेको भन्दै आमाको हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका २४ रामगढवाको नयाँबस्तीमा छोराले आफ्नै आमाको हत्या गरेका हुन् ।

नयाँबस्तीमा ४० वर्षीया शोभा देवीको उनका छोरा २० वर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । आफूसँग सल्लाह नगरी भैंसी बेचेको निहुँमा गुडडुले आमा शोभा देवीको हत्या गरेको प्रहरीले जनाएको छ। भैंसी बेचेको विषयमा मङगलबार दिउँसो आमा छोराबीच विवाद भएपछि आक्रोशमा आएका गुड्डुले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। धारिलो हतियार प्रहार गर्न थालेपछि भाग्ने क्रममा आमा शोभादेवीलाई लखेटदै गुड्डुले सडकमा पुगेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्। गुडडुलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

मृतक शोभादेवीको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिनुभयो । घटनाका बिषयमा थप अनुसंधान जारी नै रहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*