मनाङेलाई पार्टी प्रवेश गराएकोमा योगेशको आपत्ति
वेलकम खबर
असार १९, २०७६
काठमाडौं । आपराधिक पृष्ठभूमिका राजीव गुरूङ अर्थात् दीपक मनाङे नेकपा प्रवेश गरेको विषयमा पार्टीका स्थायी कमिटी सदस्य एवं युवा नेता योगेश भट्टराईले आपत्ति जनाएका छन् ।
गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङेले केही समयअघि अदालतबाट सफाइ पाएका थिए । ‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ हौं ।’ भट्टराईले ट्विटरमा लेखेका छन् ।



















