जनप्रतिनिधिमाथि गोली प्रहार
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ का वडासदस्यमाथि गोली प्रहार भएको छ ।
गोली प्रहारबाट वडा सदस्य रामजी चेपाङ घाइते भएका छन् । घाइतेको चेपाङको टाउँकोमा भरुवा बन्दुकको छर्रा लागेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार राति चितवनको राप्ती नगरपालिका –१३ गाम्दा वस्ने इन्द्रबहादुर चेपाङले उनीमाथि आक्रमण गरेका थिए । घरायसी विवादका हुँदा वडा सदस्यमाथि आक्रमण भएकाे बुझिएको छ ।
घाइते चेपाङको धादिङमा सामान्य उपचारपछि काठमाडौं नर्भिक अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने चेपाङ फरार रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।



















