नेकपाको बलियो सरकार बन्दा रुसी कम्युनिस्ट नेता गेन्नाडी ज्युगानोभ हर्षित : नेपाल भ्रमणको निम्तो स्वीकार

वेलकम खबर
असार १८, २०७६

मस्को  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले रुसी कम्युनिस्ट पार्टीका बरिष्ठ नेता गेन्नाडी ज्युगानोभसँग भेटबार्ता गर्नुभएको छ । मस्कोमा भएको इन्टरनेश्नल फोरम डेभलपमेन्ट अफ पार्लियामेन्टरिजम सिलसिलामा मस्कोको वल्ड ट्रेड सेन्टरमा नेकपा नेता भट्टराईले ज्युगानोभसँग भेटबार्ता गर्नुभएको हो ।

भेटको अवसरमा नेता भट्टराईले नेपालमा दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादी मिलेर नेकपा बनेको र तिनै तहको चुनाबमा नेकपाले बिजय हासिल गरेको, नेपाल अब राजनीतिक स्थायीत्वसंगै तिब्र आर्थिक बिकासमा अधी बढेको जानकारी दिनुभयो । नेता भट्टराईको सो जानकारीपछि ज्युगानोभले निकै प्रस्न्नता ब्यक्त गर्नुभयो । नेपालमा निर्वाचनबाट कम्युनिस्ट पार्टीको सरकार बन्दा आफु निकै उत्साहित बनेको जानकारी पनि दिनुभयो ।

‘मैले एमाले र माओवादी मिलेर नेकपा बनेको र तिनै तहको चुनाबमा नेकपाले बिजय् हासिल गरेको, नेपाल अब राजनीतिक स्थायीत्व संगै तिब्र आर्थिक बिकासमा अधी बढेको कुरा राखे वहाँले त्यसमा खुशी ब्यक्त गर्नुभयो साथै नेपालमा निर्वाचनबाट कम्युनिस्ट पार्टीको सरकार बन्दा आफु उत्साहित बनेको बताउनु भयो । नेकपा र नेपालअको सरकारलाई शुभकामना भन्नुभयो,’ नेकपाका नेता भट्टराईले  भन्नुभयो ।

भेटमा नेता भट्टराईले नेपाल भ्रमणको निम्तो दिनुभएको र ज्युगानोभले स्वीकार गर्नुभएको छ । ‘मैले नेपालको भ्रमण गर्न निम्तो गर्दा उहाँले नेपाल भ्रमण गर्ने ईच्छा ब्यक्त गर्नु भयो ,’ भट्टराईले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*