ताप्लेजुङ अदालतले गर्यो सरकारी कागजात किर्तेको फैसला

ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङले सरकारी कागजात किर्ते सम्बन्धी ३८ थान मुद्धाको आईंतवार फैसला गरेको छ ।
कृषि विकास बैङ्क ताप्लेजुङ शाखामा तत्कालिन प्रमुख गणेश खतिवडा सहित २६ जनालाई कैद र जरिवाना सुनाएको छ ।
जिल्ला अदालत ताप्लेजुङको न्यायाधीस कृपासुर कार्कीको ईजलासले किर्ते सरकारी कागजात मार्फत जग्गा कारोवारमा सम्लग्न सवैलाई एक बर्ष कैद र विगोको २५ प्रतिशत ठहर गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार केदार प्रसाद गौतमले बताए ।
अदालतले कृषि विकास बैङ्कका सहायक ललित राई र लेखनदास सुरेन्द्र तबेबुङलाई भेन सफाई दिएको छ । श्रेष्तेदार गौतमका अनुसार २०७५ साल साउन ११ गते दर्ता भएको १८ थान तथा २०७५ कार्तिका ९ मा दर्ता भएको २० थान मुद्धामा बैकका तत्कालिन शाखा प्रमुख गणेश खतिवडा,लेखापाल हरिशंखर न्यौपाने, कर्मचारी भिमप्रसाद आर्चाय र पदमकुमारी नुगोलाई मूख्य दोषी ठहर गरेको छ ।
सरकारी कागजात किर्ते पछि जग्गा कारोवारमा सम्लग्न सवैलाई एक बर्ष कैद र विगोको २५ प्रतिशत फैसला गरेको छ ।
अदालतले मूख्य दोषी ठहर गरेको प्रमुख खतिवडा,न्यौपाने आर्चाय र नुगोलाई भने प्रत्येकको २० प्रतिवादीको विगोको २५ प्रतिशत जरिवाना ठहने फैसला गरेको श्रेष्तेदार गौतमले बताए कैद सजाय भने सवैलाई एक बर्ष तोकेको छ । अदातलले श्याम श्रेष्ठ, ललितकुमारी गुरुङलाई १२ लाख बिगोमा २५ प्रतिशत ठहर गरेको हो । प्रतिवादी यमुना शिवालाई १४ लाख २५ हजार मनिषा सुब्वालाई ६ लाख,नारायणसिह बोखिमलाई ९ लाख,बमबहादुर र दुर्गा लिम्बुलाई १३ लाख२५ हजार, तारादेवि बोगटीलाई १९ लाख ५० हजार,विनु थुलुङ लिम्बुलाई ८ लाखको विगो ठहर्ने फैसला गरेका छ ।
अदालतले सरिता लिम्बु र गौमति लिम्बुलाई १०—१० लाख प्रमिला गूरुङलाई १५ लाख मैया थापालाई१२ लाख, शान्ता काङवा,अनिता जोगी, राममाया बेघा, अरुण कार्की र सुनिता लिम्बुलाई ८—८ लाख र ईन्दिरा खबासलाई २४ लाखको २५ प्रतिशत विगो सजाय सुनाएको हो ।
अदालतले सुमित्रा लिम्बुलाई ६ लाख संगिता मादेनलाई ३० लाख,रमेशकुमार राईलाई १८ लाख,को २५ प्रतिशत विगो सजाय सुनाएको हो । घटनको मुख्य दोषीहरु ख्तिवडा,न्यौपाने आर्चाय र नुगोलाई भने जम्मा विगोको २५ प्रतिशत फैसला भएको श्रेष्तेदार गौतमले बताए । जम्मा २ करोड ३६ लाख विगोको २५ प्रतिशत जरिवाना लाग्ने अदालतले फैसला गरेको हो ।