सरकारको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

वेलकम खबर
असार १५, २०७६

सरकारको आर्थिक वर्ष २०७४–०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४-०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो।

संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ।

प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४÷०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*