एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी हुर्नुहोस नतिजा

वेलकम खबर
असार १२, २०७६

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले ०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षाफल आज सार्वजनिक गरेको छ ।

यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

 

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय संरचना अनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

नतिजा थाहा पाउन नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि (सिम्बोल नम्बर) टाइप गरी 1600 मा सन्देश पठाउनु पर्दछ ।

जस्तै (see<space>symbol no टाइप गरी 1600 मा सन्देश पठाउने । सन्देश पठाउँदा सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

1600 मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बर र लेण्डलाईनबाट पनि 1600 मा कल गर्न सकिने छ । यसरी कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा पाउन सकिन्छ ।

साथै नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । टेलिकमको साइटबाट मार्कसिट समेत हेर्न सकिने छ । यसका लागि आधिकारीक जन्म मिति आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु