याङवरकमा भिषण पहिरो, दर्जनबढी घर विस्तापित

वेलकम खबर
असार १२, २०७६

पाँचथरको याङवरक गाँउपालिका–२ स्थित फलैँचामा भिषण पहिरो गएको छ । यहाँका चिङ्मा, बेतेनी, मुक्लाबुङ र धिमाले भन्ने स्थानमा गएराति पहिरो गएको हो ।

अविरल बर्षाका कारण गएराती १ बजेदेखि पहिरो सुरु भएको स्थानीयले बताएका छन् । पहिरोका कारण चिङ्माका पहलमान राईको घर पुरिएको स्थानिय डिल्लि ओलीका जानकारी दिए । राईको घरमा भएका पशु चौपायहरु समेत पहिरोले पुरेको उहाँले जानकारी दिए ।

पहिरोका कारण चिङ्माका पहलमान राईको घर पुरिएको स्थानिय डिल्लि ओलीका जानकारी दिए । राईको घरमा भएका पशु चौपायहरु समेत पहिरोले पुरेको उहाँले जानकारी दिए ।

पहिरोका कारण दर्जनौ घरपरिवार विस्थापित भएको घटनास्थलमा खटिएका असई जिवन कार्कीले जानकारी दिनुभएको छ । घटनास्थलमा सिमा प्रहरी चौकी च्याङथापु र प्रहरी चौँकी फलैँचाको प्रहरी टोली खटिएको छ ।

पहिरोका कारण दर्जनौ घरपरिवार विस्थापित भएको घटनास्थलमा खटिएका असई जिवन कार्कीले जानकारी दिनुभएको छ । घटनास्थलमा सिमा प्रहरी चौकी च्याङथापु र प्रहरी चौँकी फलैँचाको प्रहरी टोली खटिएको छ ।

पहिरोका कारण फलैचाका तीन ओटा टोलका मानिसहरु विस्थापित भएको बताइएको छ । विस्तापितहरुको यकिन विवरण आउन बाँकी छ । असई कार्कीका अनुसार दर्जन बढी घर विस्थापित भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु